समाचार

आफैंले जिताएका राजेन्द्र महतोले ओलीको पतन निश्चित छ भनेपछि…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को पार्टीका नेताको साथ गुमाउँदै गएका छन् । नेकपामै बहुमत सदस्यले उनलाई छाडिसकेका छन् । कांग्रेसका एक दुईबाहेक ओलीको कोही कुरा सुन्न चाहँदैनन् । जनता समाजवादी पार्टीका राजेन्द्र महतोबाहेक अरु ओलीलाई मन नै पराउँदैनन् । ओलीलाई हटाउन सडक आन्दोलनको जरुरी रहेको उनीहरूको मत छ ।

हुँदाहुँदा जसपा नेता राजेन्द्र महताले नै ओलीलाई हिटलर र निरंकुश शासक भन्दै उनको पतन निश्चित रहेको बताएका छन् । शुक्रबार सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा महतोले खुलेर ओलीको आलोचना गरे । उनले ओलीले निरंकुश चरित्र देखाइरहेको आरोप पनि लगाए ।

महतोले प्रधानमन्त्री ओलीले जसपाका नेताहरु आफ्नो पार्टीमा आउँछन् भन्दै हल्ला फैलाएको प्रति आक्रोश पोखे । ‘जनताले प्रतिगमनको साथ नदिएपछि जसपातिर जनलहर पैदा भएको छ । त्यसलाई रोक्न जसपा नेता मेरो पार्टीमा आउँदैछन् भन्ने भ्रम फैलाउने प्रयास गरिरहेका छन्,’ महतोले भने, ‘तर यो सफल हुँदैन । प्रतिगमनकारीको पतन भएको छ र उनको पनि हुन्छ । तर पतन हुने बेलामा मेरो नाम लिएर बाँच्ने प्रयास गरिरहेका छन् ।’

महतो धनुषा ३ बाट केपी ओलीकै सहयोगमा निर्वाचित भएका थिए । यदि तत्कालीन राजपालाई एमालेले भोट नहालेको भए महतो जित्ने कुनै सम्भावना थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *