समाचार

संगठनलाई पूर्णता दिन माग गर्दै पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघ

काठमाडौं । नेपाल विद्यार्थी संघले संगठनको पूर्णताका लागि पार्टी नेतृत्वलाई दबाब दिने भएको छ । बुधबार पार्टी कार्यालयमा भएको बृहत् छलफलपछि नेविसंघले यस्तो निर्णय गरेको हो ।

नेविसंघले बुधबार साँझ पार्टी मुख्यालय सानेपामा पूर्वअध्यक्ष र महामन्त्रीसँग अन्तरक्रिया आयोजना गरेको थियो । जसमा नेविसंघबाट पार्टीमा पुगेका अधिकांश युवा नेताको सहभागिता रहेको थियो ।

छलफलमा पार्टीका केन्द्रीय सदस्यहरु एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, गोविन्द भट्टरार्इ, गुरु घिमिरे र कल्याण गुरुङ सहभागी भएका थिए । सबैले संगठनलाई पूर्णता दिन दबाब दिनुपर्ने सुझाव दिएका थिए । संसद विघटनपछि पार्टी आन्दोलनमा गएको र भ्रातृ संगठन पनि आन्दोलनमा सहभागि हुनुपर्ने हुँदा अपूर्ण कार्यसमितिले आन्दोलन हाँक्न समस्या भएको सबैको निष्कर्ष थियो ।

सोहीअनुसार कांग्रेसले आन्दोलनको घोषणा गरेसँगैं त्यसलाई प्रभावकारी बनाउन पूर्ण कार्यसमिति हुनुपर्ने भन्दै नेविसंघले दवाव दिने भएको हो । कार्यसमितिलाई पूर्णता दिने विषयमा ध्यानाकर्षण गराउन नेविसंघले आज सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाउँदैछ । नेविसंघ केन्द्रीय समिति हाल १० जनाको मात्रै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *