समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषदको बैठक सोमबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयले मन्त्रिपरिषद् बैठक नियमित भएको जनाएको छ । आजको बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।

पार्टी विघटनपछि सरकार सञ्चालनमा पनि असजिलो भएको महसुस ओलीले गरेका छन् । तर सरकार कामचलाउ हैसियतको भए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण र दीर्घकालीन असर गर्ने निर्णय गराउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *