काठमाडौं ।नेपाल प्रहरीका नौ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएको छ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले नौं एसएसपीहरुको बढुवा सिफारिस गरेको हो ।
एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको जानकारी दिएको छ ।




