काठमाडौँ । गृह मन्त्रालयले १८ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । मन्त्रालयले शुक्रवार ६ जना सहसचिव र १२ जना उपसचिवसहित १८ जना कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले उपसचिव जयराज भण्डारीलाई तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा पठाएको छ ।
यस्तै गृहमन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरीमा खटाएको छ भने बासुदेव दाहाललाई धनकुटा पठाइएको छ ।
रामेछापकी प्रजिअ रुद्रादेवी शर्मालाई सरुवा गरेर गुल्मी पठाइएको छ भने पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई रामेछाप खटाइएको छ । महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई सुनसरीको झुम्का कारागार कार्यालयमा खटाइएको छ ।
विस्तृत हेर्नुस्





