राजनीति

संसद अधिवेशन तत्काल बोलाउन बाबुराम भट्टराईको माग

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन् ।

अध्यक्ष भट्टराईले सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद अधिवेशनमा छलफल गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

शनिबार उनले ट्वीट गर्दै विभिन्न ६ मुद्दामा छलफल गर्न अधिवेशन माग गरेका छन् । ‘सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने कि : १.कोरोना २.अर्थतन्त्र ३.संघीयता ४.भ्रष्टाचार ५.विदेश सम्बन्ध ६.अन्य !’ उनले ट्विटरमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *