मनोरञ्जन

डेब्यु फिल्म हिट दिएका गुमनाम ६ अभिनेत्री

मुम्बई । बलिउडमा निकै प्रतिभासाली अभिनेता अभिनेत्री छन् । जसको लामो समय बक्सअफिसमा दबदबा कायम रहने गरेको छ । तर केही कलाकार यस्ता पनि छन् । जसको अभिनयमा डेब्यु हिट फिल्मबाट भएको छ । तर त्यसपछि उनीहरु अगाडि बढ्न सकेका छैनन् । अहिले गुमनाम छन् । ति अभिनेत्रीको चर्चा आजको बिषय हो ।

ईशा गुप्त
ईशा मोडलिङ दुनियाको परिचित नाम हो । ईशाले फिल्म ‘जन्नत २’बाट बलिउड डेब्यु गरेकी हुन् । डेब्यु फिल्म हिट भएपनि उनको करियर भने अभिनयमा अगाडि बढ्न सकेन । उनी अचेल फिल्मक्षेत्र बाहिर छिन् ।

शमिता शेट्टी
शिल्पा शेट्टीको बहिनी शमिता शेट्टीले फिल्म ‘मोहब्बते’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । फिल्म बक्सअफिसमा हिट साबित भयो । तर उनी फिल्म अभिनयमा भने अगाडि बढ्न सकिनन् ।

सोनल चौहान
फिल्म ‘जन्नत’बाट अभिनयमा डेब्यु गरेकी सोनल चौहान मोडलिङ दुनियाकी चिरपरिचित नाम हो । पहिलो फिल्म पछि सोनलले अर्काे हिट फिल्म भने दिन सकिनन् ।

आएशा टाकिया
वान्टेट जस्तो हिट फिल्ममा काम गरेकी आएशाले ‘टारजन द वन्जर कार’बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनी पनि बलिउडमा खासै सफल हुन सकिनन् । पछिल्लो समय उनी पारिवारिक जीवनमा अल्झिएकी छन् ।

प्रीति झंगियानी
हिट फिल्म ‘मोहब्बते’बाट प्रीतिले अभिनय करियर सुरु गरेकी थिइन् । तर पनि उनी अभिनयमा अगाडि बढ्न सकिनन् । बिस्तारै बिस्तारै उनी फिल्मी दुनियाबाट टाढा भइन् ।

ग्रेसी सिंह
फिल्म ‘लगान’बाट ग्रेसीले बलिउड डेब्यु गरेकी हुन् । त्यसपछि कयौ अवसर समेत उनले प्राप्त गरेकी थिइन् । तर हिट हुन सकिनन् । अहिले उनी अध्यात्ममा लागेकी छन् ।

स्नेहा उलाल
सलमान खानको फिल्म ‘लकी’बाट अभिनयमा डेब्यु गरेकी हुन् स्नेहा उलालले । ऐश्वर्या रायको डुब्लिकेटको रुपमा चर्चा बटुलेकी स्नेहाले पनि अभिनयमा आफ्नो स्थान बनाउन सकिनन् । स्वास्थ्यको कारण देखाएर उनी बलिउडबाट अचेल टाढा रहदै आएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *