मनोरञ्जन

नेफ्टा फिल्म अवार्डको लागि फिल्म हेर्दै जुरी

काठमाडौं । विभिन्न देशको सफल आयोजना पछि स्वदेशी भुमीमा फर्केको नेफ्टा फिल्म अवार्डको दशौं संस्करणको लागी निर्णायक टिमले फिल्म हेर्ने काम सुरु गरेको छ । उत्कृष्ट पाँच मनोनयन छनोटको लागी अवार्डमा सहभागिताको लागी दर्ता भएका फिल्महरु बुधबारबाट हेर्नेक्रम सुरु भएको हो ।

नेपाल चलचित्र प्राविधिक संघ र ड्रिम हाइ नेपाल प्रा।लि। को आयोजनामा चैत्र २२ गते टुंडिखेलमा आयोजना हुने अवार्ड समारोहमा कुल ३७ विधा समावेश छन् । जहाँ ३२ विधा प्रतिस्पर्धामा रहनेछन् भने अन्य विधाको बिजेता जुरी र आयोजकले तय गर्नेछ । निर्णायक टिममा को(को सदस्य छन् भन्ने कुरा भने नेफ्टाले खुलाएको छैन ।

जुरीबाट फिल्म हेर्ने क्रम सुरु भएसँगै आयोजक अन्य तयारीमा जुटिरहेको र अवार्डलाई उत्कृष्ट तथा भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने नेफ्टा अवार्ड संयोजक गीता पौडेलले बताइन् । ुभ्रमण बर्ष २०२०ु लाई लक्षित गरेर नेपालमै आयोजना हुन लागिरहेको अवार्डले सरकारी अभियानमा हातेमालो गर्ने आयोजकको विश्वास छ ।

नेपाल सरकारले भ्रमण बर्ष मनाइरहँदा नेफ्टाले चलचित्र पर्यटनको कुरालाई प्राथमिकता दिँदै सरकारी दृष्टि खोजिरहेको छ । अध्यक्ष पुष्कर लामा ९प्रेम भोम्जोन० ले भने, ुचलचित्र पर्यटनले मात्रै सरकारको अभियान र उद्देश्य सफल हुन्छ भन्ने हाम्रो बुझाई हो ।ु राष्ट्रिय पर्यटन प्रवर्धनमा महत्वपुर्ण हिस्सा मानिने चलचित्रसँग जोडिएको संस्थाले गर्न लागेको यो कार्यक्रममा नेपाल सरकार र पर्यटन सम्वद्ध सम्पुर्ण निकाय तथा आम नेपालीको साथ र सहयोगको अपेक्षा नेफ्टाले गरेको छ ।ु

जुरीले फिल्म हेरिसकेपछि अर्को महिना अर्थात फागुन २४ गते नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक हुनेछ । पहिलोपटक काठमाडौंको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ९हालको संसद भवन० सम्पन्न भएको नेफ्टा फिल्म अवार्ड त्यसयता क्रमशः नेपालसँगै मलेशिया, हङकङ, कतार र युएईमा सफलताका साथ सम्पन्न भइसकेको छ ।

नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट कथा, पटकथा, श्रृङ्गार हेयर, ड्रेस डिजाइनर, ध्वनी मिश्रण, कला निर्देशन, द्वन्द्व निर्देशन, पार्श्व संगीत, चलचित्र सम्पादन, छायांकन, हाँस्य अभिनेता, खलनायक, सह अभिनेता, सह अभिनेत्री, नव निर्देशक, नव अभिनेता, नव अभिनेत्री, उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, चलचित्र, संवाद, एनिमेटर, चरित्र अभिनेता, चरित्र अभिनेत्री, बालकलाकार, एरेञ्जर, संगीतकार, गीतकार, पार्श्व गायक, पार्श्व गायिका, नृत्य निर्देशक गरी ३२ विधा अवार्डमा प्रतिस्पर्धामा रहनेछन् । साथमा पपुपर फिल्म, अभिनेता, अभिनेत्री, बर्षको उत्कृष्ट जनजाती चलचित्र र जुरी अवार्ड क्रमशः आयोजक र जुरीले वितरण गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *