मुख्य समाचार

मुख्य समाचार : इन्धनको मुल्य बढेपछि बढ्यो गाडीभाडा, मुल्यवृद्धिविरुद्ध देशव्यापी विरोध प्रदर्शन

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जन विजयी भएका छन् । कांग्रेस उम्मेदवार महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८१६२ मत अन्तरले पराजित गरेका हुन् । उपमेयरमा भने एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य विजयी भएकी छन् । उनले माओवादी केन्द्रका उम्मेदवार बाबुराजा बज्राचार्यलाई पराजित गरेकी हुन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधीहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा अनेक किसिमका गफ दिने गफाडीहरु जन्मिएको बताएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो ।

सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको रंगशालाको निर्माण कार्य टुङ्गोमा पु¥याउने नीति लिएको हो ।

लामो समयदेखि प्रमुख प्रतिपक्षी एमालेले अवरुद्ध गर्दै आएको लुम्बिनी प्रदेशसभाको बैठकले मंगलबारदेखि निरन्तरता पाएको छ । लुम्बिनी प्रदेश सभाको गतिरोध ११ महिनापछि अन्त्य भएसँगै बुधबारको बैठक नियमितरुपमा सञ्चालन भएको हो । विपक्षी नेकपा एमाले सत्ताबाट बाहिरिएसँगै साउन १ गतेदेखि लुम्बिनीको प्रदेशसभालाई अवरोध गर्दै आएको थियो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित नीति लिने भएको हो । संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममै उक्त कुरा उल्लेख गरिएको हो । पेट्रोलियम पदार्थको मूल्य बढेकोमा चौतर्फी विरोध भइरहँदा सरकारले नीति तथा कार्यक्रममार्फत स्वचालित मूल्यको आधारमा मूल्य निर्धारण गर्ने उल्लेख गरेको हो ।

एकसातामै दोस्रोपटक सवारी भाडा बढेको छ । इन्धनमा मुल्य बढेको भन्दै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा एकसातामै दोस्रोपटक भाडा बढाएको हो । सरकारले यात्रुवाहक सवारीसाधनमा २ दशमलव १ प्रतिशत भाडा बढाएको हो ।

सेन्ट लरेन्स कलेजका दुईजना शिक्षकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका दुई शिक्षकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

सौन्दर्य प्रतियोगिता आयोजक संस्थाका सञ्चालकले बलात्कार गरेको प्रकरणमा प्रहरीले पूर्वमिस नेपाल माल्भिका सुब्बासँग बयान लिएको छ । प्रतियोगिताकी कोरियोग्राफर समेत रहेका सुब्बासँग घटनाको साक्षीकारुपमा काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दाका शाखाले बयान लिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *