मुख्य समाचार

देशभरका ४४ मतदानकेन्द्रमा चुनाव हुन सकेन

काठमाडौं । १४ जिल्लाका ४४ वटा मतदानकेन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगका अनुसार कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि शुक्रबार मतदान हुन नसकेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको भएपनि देशभर ४४ वटा स्थानीय तहमा मतदान सम्पन्न हुन नसकेको बताए ।

आयोगले ५० देखि बढीमा ७५ प्रतिशतसम्म मतदान भएको उनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *