काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कसैको पनि प्रलोभन र प्रभावमा नपर्न मतदातालाई आग्रह गरेको छ।
बिहीबार आयोजित विषेश पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन्।
उनले मन परेको उम्मेदवारलाई मतपत्र बदर नहुने गरी निर्धक्क भएर मतदान गर्न आग्रह गर्दै पद, पैसा र पहुँचबाट प्रभावित नहुन समेत आग्रह गरेका छन् ।




