काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेको जनाइएको छ ।
पहिरोका कारण मुग्लिन हुँदै नारायणढतर्फ जाने सवारीसाधन मुग्लिनमा रोकिएका छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौं आउने सवारीसाधनलाई भने जुगेडीतर्फ नै रोकिएको छ ।




