काठमाडौं । स्थानीय तह चुनावअन्तर्गत ६ वटा महानगरपालिकाका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ ।
आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिने बताएका हुन् ।
उनले जुन–जुन पदमा उम्मेदवारी दिन्छन्, त्यही पदका लागि मात्रै चुनाव चिन्ह हुने समेत बताए ।




