मुख्य समाचार

होलीका दिन नियम उल्लंघन गर्ने ९ सय ६ जना कारबाहीमा

काठमाडौं । होली पर्वमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९ सय ६ जनालाई प्रहरीले कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने ९ सय ६ जना सवारी चालकलाई कारबाही गरेको हो ।

सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *