मुख्य समाचार

टोपबहादुर रायमाझीविरुद्ध एक भए अर्घाखाँचीका ५ दल

अर्घाखाँची । केन्द्रमा चुनावी तालमेल हुने वा नहुने अन्यौल रहेका बेला अर्घाखाँचीमा भने सत्तारुढ दलका बिचमा चुनावी तालमेल हुने भएको छ ।

अब हुने तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने अर्घाखाँचीका ५ दलबीच सहमति भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकत समाजवाादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पाटीले संयुक्त पत्रकार सम्मेलन गर्दै स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका साथै जिल्ला स्तरीय संघ सस्थाका निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने जानकारी गराएका हुन् ।

संयुक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सदस्य छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेरबहादुर बिसी, नेकपा समाजवादी का जिल्ला अध्यक्ष रामबहादुर चौहान र जसपाका जिल्ला अध्यक्ष जिन्दक खड्कालगायत उपस्थित थिए ।

५ दल मिल्ने सहमति गरेपछि एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीलाई राजनीतिक दबाब बढ्ने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *