काठमाडौं । कोरोनाका कारण सेवामा कटौती गरेको सर्वोच्च अदालतको सेवा फागुन १ गतेदेखि पुर्ण रुपमा शुरु हुने भएको छ ।
सर्वोच्च अदालतको बिहिबार बसेको पुर्ण बैठकले फागुन एक गतेदेखि सर्वोच्चमा सबै प्रकारका मुद्दामाथि सुनुवाई गर्ने निर्णय गरेको हो ।
ओमिक्रोन संक्रमण बढ्न थालेपछि माघ ५ गतेबाट सर्वोच्चले सेवा कटौती गर्ने निर्णय सर्वोच्चको पुर्ण बैठकले गरेको थियो ।




