मुख्य समाचार

कमल थापाले राष्ट्रिय एकता पार्टी गठन गर्ने

काठमाडौं । राप्रपा परित्याग गरेका कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।

थापा पक्षका नेताहरुको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ ।

पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपालसहित नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने बताइएको छ ।

मंसीरमा सम्पन्न भएको राप्रपाको केन्द्रीय महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप थापाले लगाउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *