मुख्य समाचार

नेपाली सेनाद्वारा विस्फोटक पदार्थ बरामद

काठमाडौं । नेपाली सेनाको टोली पर्सा राष्ट्रिय निकुञ्जबाट दुई सय किलो गाँजासहित विस्फोटक पदार्थ बरामद गरेको छ।

सिद्धिबक्स गणबाट खटिएको टोलीले लालभित्ती शितलपुरस्थित चुरे इलाकाबाट गाँझासहित विस्फोटक पदार्थ बरामद गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाले भरूवा बन्दुकको गोली ३९ थान, बारूद २ सय ग्राम, बम पटाका १६ थान, गन्धक एक किलो, प्याकिङ भएको सेफ सोली एक थान बरामद गरेको भएपनि सेनाको टोली देखेपछि आरोपित फरार भएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *