मुख्य समाचार

एमाले महासचिव पोखरेलले लगाए सरकारमाथि गम्भिर आरोप

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको सम्बोधनमा कुर्नै स्पष्ट सन्देश नभएको आरोप लगाएका छन् ।

सरकार गठन भएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज गरेको सम्बोधन अपाकृतिक सत्तागठवन्धनको वोझवाट पूर्णतः ग्रस्त रहेको आरोप लगाउँदै उनले महासचिव पोखरेलले सम्बोधनमा कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न असफल रहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाको सम्बोधनमा गम्भीर आर्थिक संकटवाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको, गठवन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलव्धि देखाउन नसकेको र कोभिडको तेश्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको आरोप उनको छ ।

महासचिव पोखरेलले कुटनीतिक मामिलामा सरकार पुरै असंवेदनशिल र गैरजिम्मेवार देखिएको आरोप लगाउँदै कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका वारेमा सरकारले केही गर्न नसकेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *