मुख्य समाचार

नेपालगञ्जका आन्दोलनरत समुह र सरकारका बिचमा चारबुँदे सहमति

काठमाडौ । नेपालगञ्जकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनामा छानविन गर्न माग गर्दै आन्दोलनरत समुह र सरकारका बिचमा सहमति भएको छ ।

सहमतिसँगै ४१ दिनदेखि माइतीघर मण्डलामा जारी आन्दोलन समेत स्थगित भएको छ । सरकारसँग ४ बुँदे सहमतिपछि धर्ना र आमरण अनशन स्थगित भएको हो ।

सहमतिपछि डाक्टर गोविन्द केसीले अनसनरत रुबी खानलाई जुस पिलाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *