मुख्य समाचार

पूर्वमन्त्री मोहनबहादुर बस्नेत लोकप्रिय मतसहित कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत केन्द्रीय सदस्य २४७६ मतसहित निर्वाचित भएका छन् । बस्नेत दोस्रो कार्यकालका लागि कांग्रेस केन्द्रीय सदस्य निर्वाचित बनेका हुन् । यसअघि १३ औं महाधिवेशनमा समेत केन्द्रीय सदस्य निर्वाचित भएका बस्नेत सभापति शेरबहादुर देउवा प्यानलबाट निर्वाचित भएका हुन् ।

कांग्रेसले गठन गरेको दैवी प्रकोप उद्धार तथा राहत समितिका संयोजक रहेका बस्नेतले कांग्रेस महाविधेशन स्वास्थ्य समितिको संयोजक भएर समेत काम गरेका थिए । देशव्यापी रुपमा गएको बाढी पहिरोमा मात्रै होइन कोरोना महामारीका बेला समेत फ्रन्टलाइनमा खटेर राहत तथा खाद्यान्न सहयोग गर्दै आएका बस्नेत कांग्रेसभित्र जनतासँग समस्यामा सहयोग गर्ने नेताका रुपमा समेत चिनिन्छन् ।

देशव्यापी रुपमा कोरोना महामारीको संकट आइरहेका बेला सहयोगका लागि देशव्यापी सहयोग गरेका बस्नेत कांग्रेस महाधिवेशनका बेला भने आफै कोरोना संक्रमित बनेका थिए । कांग्रेसको जिल्ला अधिवेशनका बेला बस्नेतलाई कोरोना संक्रमण देखिएको थियो ।

बाग्मती प्रदेश सभापतिको वलियो उम्मेदवारका रुपमा हेरिएका बस्नेत कोरोना संक्रमणकै कारण चुनावी प्रतिस्पर्धामा सहभागी भएनन् । कांग्रेस सहमहामन्त्रीको समेत उम्मेदवार बन्ने तयारी गरेका बस्नेत केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका हुन् ।

चौध दिनसम्म कोभिड भएर अस्पतालको आइसियुमा वसेका वस्नेत लगत्तै सिन्धुपाल्चोक पुगेका थिए । मेलम्चीमा ठुलो वाढी र पहिरोले हेलम्वु र मेलम्ची वजारको सम्पर्क स्थापित गर्ने चनौटेको पुल नै वगाएको थियो । तर उनले खाद्यान्न बोकेर हेलिकप्टरमार्फत राहत वितरण गरेका थिए ।

बस्नेतले कांग्रेस महाधिवेशन बेला राजधानीको विभिन्न होटलमा बसेका नेता कार्यकर्तालाई महाधिवेशनस्थलसम्म आउने जाने गर्नका लागि बसको व्यवस्था समेत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *