मुख्य समाचार

कांग्रेस महाधिवेशन : आचारसंहिताविपरित राखिएका प्रचार सामग्री हटाउन शुरु

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले आचारसंहिताविपरित महाधिवेशनस्थलमा राखेका प्रचार सामग्री हटाउन शुरु गरेको छ ।

महाविधेशन आयोजनास्थल काठमाडौंको भृकुटीमण्डपमा उम्मेदवारहरुले राखेका प्रचार सामग्री हटाउन शुरु गरेको हो । उम्मेदवारहरुले जथाभावी राखेका प्रचार सामग्री निर्वाचन समितिले आचारसंसहिता विपरित भएको भन्दै हटाउन शुरु गरेको हो ।

कांग्रेसको निर्वाचन समितिले महाधिवेशनस्थल र कांग्रेस पार्टी कार्यालयको ५ सय मिटरभित्र प्रचार सामग्री राख्न रोक लगाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *