काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय महाविधेनका लागि आउने महाधिवेशन प्रतिनिधि राख्नका लागि काठमाडौंको विभिन्न क्षेत्रमा होटल व्यवस्था गरेको जनाएको छ ।
आवास व्यवस्थापन समितिका संयोजक सुरेन्द्र पाण्डेले दिएको जानकारीअनुसार महाधिवेशन प्रतिनिधिहरुलाई काठमाडौंको ठमेल, गौशाला, सुन्धारा र बागबजारमा रहेका होटलहरुमा राखिनेछ । उनीहरुलाई बिहानको खाजा, खाना भने महाधिवेशनस्थल भृकेटीमण्डमै हुने पाण्डेले बताए ।
आवास व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको भन्दै पाण्डेले महाधिवेशनका लागि आउने प्रतिनिधिहरुलाई राख्नका लागि करिब ४ हजार ५ सय कोठा बुक भइसकेको समेत बताए । कांग्रेस महाधिवेशन यसैसाता शुरु हुँदैछ । झण्डै ४ हजार ५ सय प्रतिनिधि रहने कांग्रेस महाधिवेशन आवास तथा भोजन व्यवस्थापनका लागि मात्रै ४ करोड रुपैया खर्च हुने आँकलन गरिएको छ ।




