मुख्य समाचार

चैनपुर नगरमा जाग्यो कांग्रेस, वाडैपिच्छे‍ महिला संघ र तरुण दल गठन

संखुवासभा । नेपाली काँग्रेस आफ्नो पार्टीको महाधिवेशन संगै मुलुकभर सक्रिय बन्दै गएको छ ।


यतिबेला नेपाली काँग्रेसका नेता तथा कार्यकताहरु आ–आफ्ना टोल, गाउँ वडाहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । स्थानीय स्तर, जिल्ला स्तरको अधिवेशनले पार्टीका नेता तथा कार्यकताहरु जागरुक बन्दै गएको छ ।


चैनपुर नगरपालिका वडा नं. ३ मा भएको पार्टीको एक कार्यक्रममा लोकतन्त्र र समाजवादको लागि सबै एकजुट हुन जरुरी रहेको कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काँग्रेस केन्दीय महाधिवेशन प्रतिनिध अञ्जना लिंथेपले बताइन । प्रमुख अतिथि लिंथेपले प्रजातन्त्रीक पद्धती अनुसार जनभावना अनुरुप आन्दोलनको आधिवेरीको नेतृत्व गर्न होस वा हरेक राजनीतिक क्रान्तीको नेतृत्व नेपाली काँग्रेसले गर्दै आएको बताउनुहुँदै समाजको विकास र प्रजातन्त्रको लागि सबै एक भएर लाग्न अग्रह गरिन ।


विक्रम सम्बत २००७ सालको क्रान्ती, पञ्चायती व्यवस्था, सत्याग्रह, शान्ति सम्झौता होस या समावेशी सहभागीता होस नेपाली काँग्रेस सधै लोकतन्त्र र प्रजातन्त्रका लागि लडने भएकाले अब काँग्रेसलाई बलियो वनाउन जरुरी रहेको चैनपुर नगरपालिका नेपाली काँग्रेस नगरकार्यसमिति सभापति शंकरमान कँडेलले बताए ।


चैनपुर नगरपालिकाभित्र शसक्त संगठन निर्माणका लागि कांग्रेसले अग्रसरता देखाएको छ । कांग्रेसले चैनपुर नगरपालिकाको वडा नम्बर २ र ३ मा टाेल समिति, महिला संघ र तरुण दल गठन गरेको छ । नेपाली कांग्रेस चैनपुर नगरकार्य समिति गठन पश्चात प्रायः सबै वडामा सांगठानिक गतिविधि चलायमान भएको छ ।


चैनपुर नगरपालिका वडा नं. ३ नेपाली काँग्रेस वडा कार्यसमितिका अध्यक्ष महेशचन्द्र कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य एवं पूर्व महाधिवेशन प्रतिनिधि ज्ञानबहादुर कार्की, प्रदेश महाधिवेशन प्रतिनिधि सीतादेवी भट्टराई, जिल्ला कार्यसमिति सदस्य नमिता काफ्ले,संखुवासभा क्षेत्र ख का क्षेत्रीय उपसभापति लोकेन्द्र लिम्बू, नगरकार्यसमिति उपसभापति भाष्कर सिंखडा, लगायतका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको वडा नं ३ वडा कार्यसमितिका सचिव कमानसिं अधिकारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *