काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
प्रधानसेनापति शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरेका थिए ।
भ्रमणमा रहेका शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी समेत प्रदान गरेका छन् ।




