मुख्य समाचार

देशको विकासका लागि कांग्रेसको विकल्प छैन– प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् । नेपाल संवतको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै उनले कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए ।

‘पहिलो संविधानसभामा चार जना कम्यूनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो,’ उनले भने, ‘दुई तिहाईको कम्युनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त रु’ नेता सिंहले भने, ‘कम्युनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन् । भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले । संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिष्टहरुले मात्रै सक्छन् ।’

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता सिंहले काम नगर्ने तर लोकप्रीय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको भन्दै नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए । उनले भने,‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरु आउँछन् । काम केहि गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *