मुख्य समाचार

प्रधानमन्त्री देउवाले भने– जलवायु परिवर्तनको असर हिमालय क्षेत्रमा बढि परेको छ

काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको प्रभावका बारेमा गम्भिर हुन विश्वका नेताहरुलाई आग्रह गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन स्कटल्याण्ड पुगेका देउवाले जलवायु परिवर्तनको असर हिमालय क्षेत्रमा परेको र सम्मेलनमा त्यही विषयलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले विश्व तापमान १ दशमलव ५ डिग्रीभन्दा तल राख्नु आवश्यक रहेको र त्यसका पक्षमा आवाज उठाउन समेत अपिल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *