चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शसष्त्र युद्धका क्रममा मृत्यु भएकाका परिवारजनसँग भेटघाट गरेका छन् ।
भरतपुर फुलबारीमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई वर्तमान सरकारले प्याकेजमार्फत राहतको व्यवस्था गर्ने तयारी गरेको समेत बताएका छन् ।
प्रचण्डले सहिदले देखेको सपना पुरा नभएकाले त्यसका लागि आफूहरु अझै लडिरहेको बताएका छन् ।




