मुख्य समाचार

माओवादीसँगको एकता भंग भएपछि एमालेमा युवा आकर्षण बढेको महासचिव पोखरेलको दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले २०७७ साल पुस ५ गतेपछि एमालेप्रति युवा पुस्ताको आकर्षण बढेको दाबी गरेका छन् ।

आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदामा महासचिव पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको दाबी गरेका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिृकत समाजवादी दल गठनपछि एमालेले २० प्रतिशत नेता मात्रै गुमाएको उनको दाबी छ । उनको दाबीअनुसार प्रदेश र स्थानीय तहसमेतका गरेर १० प्रतिशत जनप्रतिनिधि पार्टीले गुमाएको उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *