मुख्य समाचार

एसएसवीको उपस्थितीमा घटना, क्षतिपुर्तिका लागि भारतसँग कुटनीतिक पहल गर्न सिफारिस

जयसिंह धामीबारेको प्रतिवेदन

काठमाडौं । दार्चुलस्थित महाकाली नदी तर्ने क्रममा वेपत्ता भएका जयसिंह धामीका बारेमा अनुसन्धान गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा जयसिंह धामी तुइन तर्ने क्रममा वेपत्ता हुँदा भारतीय सिमा सुरक्षावलको उपस्थिती रहेको निष्कर्ष निकालेको छ । घटना हुँदा भारतीय एसएसवीको उपस्थिती रहेको र क्षतिपूर्तिका लागि भारतसँग कुटनीतिक पहल गर्न समितिले सरकारसँग सिफारिस गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘घटना भारतीय एस.एस.वी का सुरक्षाकर्मीको उपस्थितीमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धी अनुसन्धान गरी दोषीउपर कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपुर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक पहल गर्न सिफारिस गरेको छ ।’

गृह मन्त्रालयले मन्त्रालयका सहसचिव जनार्दन शर्माको संयोजकत्वमा एक महिना अघि समिति गठन गरेको थियो । समितिको म्याद तिनपटकसम्म थपिएको थियो । समितिको म्याद थपिने हल्लाका बिचमा मंगलबार साँझ समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *