काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको भग्नावशेष नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता सञ्जय अधिकारीले दायर गरेको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीशहरू अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले भग्नावशेष नहटाउन र थप निर्माण कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
महाकवी देवकोटाको घरको पुरातात्विक महत्व रहेको र त्यसको आधिकारिकता मासिने भएकाले भत्काउने कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चको आदेशपछि पुर्ननिर्माणका क्रममा रहेको देवकोटा निवासको काम तत्कालका लागि रोकिएको छ ।




