मुख्य समाचार

एआइजी पोखरेलको संयोजकत्वमा निर्वाचन सुरक्षा परिचालन समिति गठन


काठमाडौं । प्रहरी प्रधान कार्यालयले एआइजीको संयोजकत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको छ । कार्यालयले मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको हो ।

आगामी वैशाख १७ र २७ गते हुने आमनिर्वाचनको तयारीस्वरुप उक्त टोली गठन गरिएको स्रोतले जानकारी दियो । एक उच्च प्रहरी अधिकृतकाअुनसार गठन गरिएको टोलीले सम्पूर्ण सुरक्षा चुनौतीलगायतका विषयमा प्रतिवेदन तयार गर्नेछ ।

उक्त टोलीमा एआईजी पोखरेलसहित प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ, १२ जना र अन्य एसएसपी, एसपी र डएसपी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *