समाचार

फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ : मन्त्री किराँती


काठमाडौँ।काठमाडौँबाट दुबाईको लागि उडेको फ्लाइ दुबाईको जहाजमा प्राविधिक समस्या आएपनि उडान सुरक्षित रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमा लेखेका छन ।

मन्त्री किराँतीले फ्लाई दुबाईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदै गरेको र कसैले पनि चिन्ता नगर्न अुनुरोध गर्नुभएको छ। उहाँले सबैलाई शुभयात्रासमेत भन्नुभएको छ ।

यसैबीच, मन्त्री किराँतीको सूचनाको आधारमा जहाज कहाँ अवतरण गर्ने तयारी भइरहेको छ भन्ने जिज्ञासामा किराँतीका निजी सचिव कृष्ण भट्टराईले भारतको लखनउमा अवतरण गर्ने तयारी भएको जानकारी दिनुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *