काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ ले मिटर ब्याजीविरुद्धको आन्दोलन गर्न आएकाहरुप्रति आफ्नो ऐक्यवद्धता रहेको जनाउदै उनीहरुलाई रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न गरेको बताएका छन् ।
बालेनले सामाजिक सञ्जाल मार्फत यसअघि पशुपति धर्मशालामा बस्न प्रबन्ध गरेको भएपनि उनीहरुले खुलामंचमा बस्न खोजेको बताउदै अहिले महानगरले रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको बताएका हुन् ।
साथै उनले सरकारले मिटर ब्याजीहरुलाई कारबाहीको दायरामा नल्याउदा सधै काठमाडौ आएर आन्दोलन नै गर्नपर्ने स्थिति सिर्जना भएको बताएका छन् ।
बालेनले उनीहरुको मागप्रति ऐक्यवद्धता जनाउदै सरकार समक्ष समस्या समाधानको लागि जोडदार माग समेत गरेका छन् ।
उनले आन्दोलन नै गर्न कसैलाई पनि काठमाडौ आउन नपरोस भन्दै गाउँ गाउँमा सरकार पुगोस भनेका छन् ।
उनले भनेका छन्- ‘हिजो ११ दिन हिडेर काठमाडौ आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानबताको नाताले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको ब्यबस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान आग्रह गर्यौ तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ र उहाँहरुको मागप्रती एक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष उहाहरु को समस्या समाधानको लागि जोडदार माग राख्दछौ ।’




