ताजा समाचार

नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति भनेर प्रचार गरियो: राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा जात हेरेर मतदान गर्न नहुने बताएका छन् । शुक्रबार ८ दलीय गठबन्धनले बागमतीका प्रदेशसभा सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेता पाण्डेले राष्ट्रपति पदका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति भनेर प्रचार गरिएको समेत टिप्पणी गरेका छन् । उनले भने, ‘एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको भ्रम सिर्जना गर्ने कुरा आएका छन् । तर, यस्ता कुरालाई आधार बनाएर भोट हाल्ने कुरा हुन दिनु हुँदैन ।’

कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै रहेकाले सो पार्टीका संघीय र प्रदेश सांसदले अन्य उम्मेदवारलाई मत दिन नहुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *