ताजा समाचार

गठबन्धनको भेलामा कांग्रेसका प्रदेश पदाधिकारीले नेतृत्व गर्ने

काठमाडौँ । सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेसका सम्बन्धित प्रदेशका पदाधिकारीले नेतृत्व गर्ने भएका छन् । बिहान सभापति शेरबहादुर देउवाको निवास बुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

यही १९ गते हुने सत्ता प्रदेश भेलामा सम्बन्धित प्रदेशबाट पदाधिकारी भएका व्यक्तिले नेतृत्व निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनकाअनुसार भेलामा पुरानो गठबन्धन ब्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने बारेमा प्रशिक्षण दिइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *