सम-सामयिक

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

काठमाडौँ ।यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् ।

प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *