समाचार

आज मलेसियामा अलपत्र परेका ६ नेपाली स्वदेश फर्किँदै

काठमाडौँ ।मलेसियामा अलपत्र परेका १३ जनामध्ये ६ जना मंगलबार स्वदेश फर्किँदैछन्। क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा उनीहरू नेपाल फर्किन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार पिआरएस फोरेस्ट म्यानेजमेन्ट ९एम० एसडिएन बिएचडीमा काम गर्ने गएका १३ नेपाली अलपत्र परेका थिए।

बाँकी ७ जना भने शुक्रबार फर्किने मन्त्रालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *