राजनीति

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : लिम्पियाधुरा र लिपुलेक कसको हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र वर्तमान सरकार लिम्पियाधुरा लिपुलेकबारे चुइक्क नबोलेको बताएका छन् । आज (सोमबार) पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूले लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समेट्दा भारत आफूसँग रिसाएको पनि बताएका छन् ।

उनले लिम्पियाधुरा र लिपुलेक कसको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्री ज्यू दार्चुलाको भूमि नेपालको हो कि होइन ? बोल्नु हुन्न उहाँ । महान क्रान्तिकारी भन्ने प्रचण्ड लिम्पियाधुरा कसको हो बोल्नु हुन्न, अस्ती भारत जाँदा पनि चुइक्क बोल्नु भएन’, अध्यक्ष ओलीले थपे, ‘माधव नेपाल अर्को हुनुहुन्छ फेरि, उहाँ पनि बोल्नु हुन्न ।’

उनले शेरबहादुर र प्रचण्डलाई भारतले बोलाए पनि माधवलाई नबोलाएको भनेर छटपटी भएको आरोप लगाएका छन् । ‘उहाँलाई शेरबहादुरलाई बोलायो, प्रचण्डलाई बोलायो तर मलाई बोलाएन भनेर छटपटी भएको छ’, ओलीको भनाइ छ ।

उनले नेपाली काँग्रेस नसप्रिएकोमा आफूलाई अचम्म लागेको भन्दै लोकतन्त्रमा फरक विचार र मान्यतालाई सुन्न र अस्तित्व स्वीकार्नुपर्ने भए पनि गठबन्धन त्यो दिशामा नभएको बताएका छन् । उनले गठबन्धनलाई तानाशाहीको संज्ञा समेत दिए । ‘फरक विचारलाई मान्दैनन्, अहिलेको गठबन्धन तानाशाही जस्तै हो’, ओलीले भने ।

उनले गठबन्धनले एमसीसीबारे गठबन्धनमा रहेका दलहरुले दोहोरो चरित्र देखाइएको भन्दै ढाँट, छल, बेइमानी, देशद्रोही क्रियाकलाप वर्तमान सरकारबाट भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *