राजनीति

कम्युनिष्ट आन्दोलन शक्तिशाली बनाउन वामपन्थी एकता हुनुपर्छ : प्रचण्ड

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरू एक हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै प्रचण्डले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन र कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरू एक हुनुपर्ने बताएका हुन् ।

उनले माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न नसक्ने र परिवर्तनका बाहकहरूलाई पन्छाएर मुलुकको बिकास असम्भव रहेको जिकिर गरे । अहिले संघर्षतिरभन्दा पद पाउनका लागि प्रतिस्पर्धा हुन थालेको उनकाे भनाई छ ।

प्रचण्डले राष्ट्रलाई एकतावद्ध गरि सुशासन र बिकासलाई इमान्दारीपूर्वक रुपमा अघि बढाउन युवाहरूको एकतावद्ध सहभागीता अनिवार्य रहेको जिकिर गरे ।

प्रचण्डले पार्टीभित्र देखिएका बिचलनलाई सुधार्नका लागि महत्वपूर्ण योगदान गर्न आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *