काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग विशेष समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ स्पष्ट माग गरेकी हुन् ।
‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ’ उनले भनिन्, ‘संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ । यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीले संसदमा आएर प्रष्ट पार्नुपर्छ ।’




