समाचार

भरतपुर पुगेर माधवले भने- रेनु विकासप्रेमी हुन्, फेरि जिताउनुस्

भरतपुर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले सबै दललाई केही न केही फाइदा पुगेकाे पुगेका छन् । बिहीबार भरतपुरमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘याे गठबन्धनले केही न केही सबै दललाई फाइदा गरेकाे छ । त्यसैले म गठबन्धनका साथीहरूलाई भन्न चाहन्छु, नमिलेकाे ठाउँमा मिलाउनुस् । मिलाउन बाँकीमा मिलाउनुस् । साैहार्दपूर्ण रूपमा जाउँ ।’

उनले भरतपुरमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जित्ने दाबी गरे । ‘ज-जसलाई साेध्दा पनि रेनु विकासप्रेमी भन्छन् । याे हाे पनि; किनकि हेर्दा पनि त्यस्तै देखिन्छ । यहाँ सुकुम्बासीहरूकाे समस्याकाे समाधान भएका छन् । हरियाली छन् पर्यटनमुखी काम भएका छन् । नगरपालिका हाेस् त यस्ताे भरतपुरजस्ताे,’ अध्यक्ष नेपालले भनेका छन् ।

याेग्यताकाे जाँचमा रेनुले उत्कृष्ट काम गरेकाे अध्यक्ष नेपालकाे दाबी छ । ‘रेनुमा याेग्यता छ । त्यसैले फेरि उहाँलाई अत्याधिक मतले जिताउनुस्,’ उनले भने, ‘उहाँलाई मतदान गरेर जिताउनुस् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *