काठमाडौं । निर्वाचन आयोगले संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तका आधारमा उम्मेदवार दर्ता गर्न आग्रह गरेको छ । आज शनिवार भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्माले उम्मेदवारी दर्ताको सबै तयारी भइरहेको बताए । यस्तै ७ सय ५३ वटा स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको समेत उनले जानकारी दिए ।
बैशाख ११ र १२ गते १० देखि ५ बजेसम्म उम्मेदवार दर्ता गर्न सकिने आयोगले जनाएको छ । महिलालाई समावेशी ढंगले उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई उनले आग्रह गरेका छन् ।




