ताजा समाचार

एकै दिन ३२ ठाउँमा आगलागी,एक जनाकाे मृत्यु

काठमाण्डाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकै दिन मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको जानकारी दिएकाे छ । गर्मी वढे संगै आगलागीकाे घटना दिन प्रतिदिन वढिरहेकाे छ।

प्राधिकरणले आज जारी गरेको सूचना अनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ ।

यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ । ती अागलागीका घटनामा झण्डै रु दुई करोड वरावरको धनमाल क्षति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *