काठमाडौं । जल तथा मौसम विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ ।
राति देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने विभागले बताएको छ ।




