काठमाण्डौं । अन्तत आर आर कलेजमा प्राध्यापक कुटने विधार्थी नेता निष्कासित भएका छन । परिक्षा गार्ड वसेका प्राध्यापकलाइ विए दोस्रो बर्षमा अध्ययनरत कुवेर जेठाराले पिटेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसमा विए पहिलो बर्षको परिक्षा चलिरहेको थियो । तर,यो परिक्षा र कक्षासंग कुनै हिसावले असंलग्न जेठाराले प्राध्यापकलाइ पिटेका थिए । प्राध्यापक पिटेपछि वातावरण अशान्त भएको भन्दै उनलाइ क्याम्पसबाट निस्कासन गरेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रमुख डा.जीवनधर ज्ञवालीले जारी गरेको वक्तब्यमा जेठारालाइ निस्कासन गरिएको उल्लेख गरिएको छ ।





