देश

साना-साना योजनामा कमिसन खान्छन् कर्मचारी – माधव नेपाल

सुनसरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसन खाने गरेकाे आराेप लगाएका छन् । सुनसरीस्थित इटहरी-१७ मा आँखा अस्पतालको शिलान्यास गर्दै उनले १० लाखको निर्माणकाे काम गर्दा कर्मचारीले चिया,नास्ता र कमिसनको नाममा दुई लाखसम्म खाने गरेकाे आरोप लगाएका हुन् ।

सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिए । उनले कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण काम नगर्ने कमिसनको भरमा आफ्नो जिन्दगी चलाउने समेत आरोप समेत लगाए । उनले भने ‘एकै चोटी कनिका छरे जस्तो गरेर एउटा पनि काम हुँदैन । त्यही कनिका पनि कर्मचारीलाई दुई लाख दिएको हुन्छ । काम देखाउनु पर्‍याे भने पाँच ओटा इँटा देखाउने परम्परा छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *