राजनीति

सभापतिमा उम्मेदवारी दिनबाट कसैले रोक्न सक्दैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिनबाट कसैले रोक्ने नसक्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता सिंहले आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिने बताएका हुन् । उनले १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको र कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गरेकोे आरोप लगाए ।

कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापाले अहिले अदालतमा ठूलो समस्या देखिरहेको भन्दै अदालत स्वतन्त्र रहनुपर्ने र न्यायालय शुद्ध हुनुपर्ने बताए । त्यस्तै उनले नेपाली कांग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मतदाताले मत नहाल्ने र दण्ड दिने भएकाले मतदाता जोगाउनु पर्ने बताए । स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि कांग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर मतदाताले रूख चिन्हमा मत हाल्ने उनले बताए ।

त्यस्तै उनले कांग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा कांग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए । उनले आगामी निर्वाचनमा ३५ लाख नयाँ मतदाताले पहिलो पटक रुखमा मतदान गर्ने भन्दै मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्ने उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *