काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिने व्यवस्थाका लागि आवश्यक पहल गर्ने बताएका छन्।
राष्ट्रिय सहकारी महासंघको टोलीसँग मंगलबार बिहान भएको भेटमा उनले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिने व्यवस्था गरिने बताएका हुन्।
‘बैंक तथा वित्तिय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने छ,’ गृहमन्त्री खाणले भने।
सरकारले जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा प्राथमिकतामा राखेर खोप दिने योजना रहेको बताए।
राष्ट्रिय सहकारी महासंघका सल्लाहकारसमेत रहेका गृहमन्त्री खाणले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने पनि बताए।




