समाचार

पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा तेजबहादुर रावल नियुक्त

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा तेजबहादुर रावललाई नियुक्त गरेका छन्।

उनलाई आजै सभापति देउवाले आइतबार नियुक्त गरेका हुन्। कञ्चनपुरका रावल अधिवक्ता समेत हुन्।

निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले राजीनामा दिएपछि उक्त ठाउँमा रावललाई नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

खाती महान्यायाधीवक्ता बिहिबार नियुक्त भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *